झापा: शिवसताक्षी नगरपालिका–६, शिवगञ्ज बजार पश्चिममा आगलागीको घटनामा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। खाेले बनाउने क्रममा आगलागी भएको र यसले केही बाख्रा तथा सुँगुरको ज्यान गएको छ।
घटनामा स्थानीय बासिन्दा र दमकल टोलीको सहकार्यमा आगो नियन्त्रणमा लिइएको भए पनि गोठको सम्पूर्ण संरचना पूर्ण रूपमा नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको झापा प्रहरीको भनाइ छ।
Be the first to comment