How Diesel Engines Work?

  • 3 years ago
How Diesel Engines Work?

स्क्रीन मा देखिरहनु भएको पिस्टन हो सर्बप्रथम पिस्टन लाई connecting रड सित फिट गरिन्छ ani यस्लाई क्र्यांक सित जोडिन्छ र पिस्टन लाई सिलिन्डर भित्र राखिन्छ ।
तपाइहरु देख्न सक्नुहुन्छ यहाँ मेकानिकल पार्ट्स यसरी फिट गरिएको छ कि पिस्टन को लिनियर मोसन क्र्यांक को रोटरी मोसन मा पारिबर्तन भएको छ ।
पिस्टन,रड र क्र्यांक को यस्तो अवस्थालाई नै स्लाइडर-क्र्यांक मेकानिजम भनिन्छ । यस प्रकारको मेकानिजम लाई सपोर्ट गर्न मेकानिकल पार्ट्स लाई ईन्जिन ब्लक भित्र राखिन्छ ।
ani एक बिशेष प्रकारको कभर लाई ईन्जिन ब्लक को माथी राखिन्छ । भल्व र फ्युल इन्जेक्टर लाई पनि ईन्जिन ब्लक को माथी भएको कभर मा फिट गरिन्छ ।
जब पिस्टन ले तल तिर मुभ गर्छ तब इनटेक भल्व खुलिन्छ र बाहिरको फ्रेस हावा पिस्टन ले भित्र तर्फ तान्छ यसरी पिस्टन ले बाहिर को हावा भित्र तान्ने प्रकृया लाई शक्सन स्ट्रोक भनिन्छ ।
यहाँ स्ट्रोक भन्नाले सिलिन्डर भित्र पिस्टन को गती लाई जनाउछ।