कुन प्रकार को किड्नी स्टोनले बडी पिडा दिन्छ ?

  • 3 years ago
#Kidney_Stones
कुन प्रकार को किड्नी स्टोनले बडी पिडा दिन्छ ?

मृगौलामा हुने पत्थरी विभिन्न आकार का हुन्छन । कुनै स्टोन सानो हुन्छ भने कुनै ठुलो पनि हुन सक्दछ ।
तपाईं लाई सुन्दा अचम्म लाग्न सक्छ सबैभन्दा ठूलो किडनी स्टोन को तौल रेकर्डमा आए अनुसार एक किलोग्राम भन्दा बढी भेटिएको थियो र त्यस्को व्यास १७ सेन्टिमिटर रहेक थियो।
समान्यतय गोलो आकार भएको स्टोन चिल्लो हुन्छ भने अनियमित आकार भएको स्टोन खस्रो हुने गर्छ ।
अनियमित आकर भएको स्टोन र खस्रो स्टोन ले ज्यादा पिडा दिन्छ भने गोलाकार भएको स्टोन र चिल्लो स्टोन ले कम पिडा दिने गर्छ ।
चिल्लो खाल्को स्टोन लाई प्राकृतिक रुपमा पनि आफै निस्कन सक्ने सम्भवना धेरै हुन्छ भने अनियमित आकार भएका खस्रा स्टोन आफै निस्कने सम्भवना कम हुन्छ ।
पिसाबमा क्याल्शियम सोडियम, पोटासियम , अक्सालेट , युरिक एसिड र फास्फेट समाबेस हुन्छ।
यदि यी कणहरू पिसाबमा बड्दै गयो भने वा यदि पिसाब ज्यादै अम्लीय वा क्षारिय भयो भने
यस्तो अवस्था मा त्यहाँ कणहरू एकसाथ जम्मा हुन थाल्छ र त्यस्पछी क्रिस्टलाइज हुन्छ, क्रिस्टल बिस्तारै बिस्तारै केहि हप्ता, महिना वा वर्षमा ठुलो भएर स्टोन हुन्छ ,
किडनी स्टोन नसरे सम्म हामीलाई महसुश हुँदैन । तिनीहरू मिर्गौला भित्र बनिन्छन र यो मुत्र नली हुँदै अरु भाग मा यात्रा गर्छ ।
जब स्टोन मिर्गौला र मुत्र वाहिनी नलीमा यात्रा गर्दछ यस्को चुचोले मुत्र वाहिनी नलीको पर्खालमा घाउ बनाउदछ त्यस कारण पिडा महसुस हुने गर्छ ।